NM Khabar 15 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जरिवाना अब श्रमदानबाट तिर्न सकिने: पूर्वाधारमन्त्री लम्साल

सवारी नियम उल्लंघनबापतको जरिवाना अब श्रमदानबाट तिर्न सकिने कानुनी व्यवस्था गर्न लागिएको छ। जरिवाना रकम इन्टेन्सिटी र रिपिटेसनका आधारमा ५ सयदेखि ५० हजार रुपैयाँसम्म लाग्न सक्नेछ। पटक-पटक गल्ती दोहोर्‍याएमा चालक अनुमति पत्र समेत रद्द गरिने व्यवस्था प्रस्ताव गरिएको छ।
Sarita Pandey
Sarita Pandey
14 July 2026, 5:03 pm १ मिनेट पढाइ
आकार:
ट्राफिक जरिवाना श्रमदान
Share:

सवारी नियम उल्लंघनबापतको जरिवाना अब श्रमदानबाट तिर्न सकिने कानुनी व्यवस्था गर्न लागिएको छ। पूर्वाधारमन्त्री सुनिल लम्सालले यससम्बन्धी विधेयक तयारी अन्तिम चरणमा रहेको जानकारी दिए।

मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री लम्सालले तीव्र गतिको लागि सिधै ५० हजार जरिवाना गर्ने तयारी नभएको स्पष्ट पारे। नयाँ जरिवाना प्रणाली ‘इन्टेन्सिटी’ र ‘रिपिटेसन’ का आधारमा तय गरिनेछ।

गतिको सीमा नाघ्ने दर र गल्ती दोहोर्‍याएको संख्याका आधारमा जरिवाना ५ सयदेखि अधिकतम ५० हजार रुपैयाँसम्म हुन सक्नेछ। ३० वा ४० किमी प्रतिघण्टाको गति सीमा तोकिएको ठाउँमा सामान्य उल्लंघनलाई ५ सय जरिवाना हुनेछ। सोही ठाउँमा १ सय किमी प्रतिघण्टाको गतिमा कुदाउनेलाई ५ हजार रुपैयाँसम्म लाग्नेछ।

यही गल्ती पटक-पटक दोहोर्‍याएमा जरिवाना रकम ५० हजार रुपैयाँसम्म पुग्नेछ। गल्ती नसुधारे चालक अनुमति पत्र रद्द गरिने व्यवस्था प्रस्तावित छ।

जरिवाना तिर्न नसक्नेका लागि श्रम भुक्तानीको विकल्प ल्याउन लागिएको मन्त्री लम्सालले बताए। उनले भने, ‘हामीले जरिवाना रकम श्रम भुक्तानीद्वारा परिपूर्ति गर्न सकिने गरी विधेयकमा व्यवस्था गर्दै छौँ, यसको तयारी भइरहेको छ।’

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार