म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीले बन्द भएको छ। असार २८ गतेदेखि आयोजनाको बाँध (इन्टेक) मा बाढी पसेर क्षति पुर्याएपछि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ।
आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाढीले बाँधसम्म पुग्ने सडक पहिरोले अवरुद्ध पारेको छ। बाँधमा भएको क्षतिका कारण विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक नोक्सानी बेहोर्नुपरेको छ।
गत वर्ष निर्माण सम्पन्न भएको यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
