गत तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन्। १६० जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्मका घटनामा दुई जना बेपत्ता र ९४५ जना घाइते भएका छन्। चार हजार ३७५ परिवार प्रभावित भएका छन्।
सबैभन्दा बढी ८९७ आगलागीका घटना भएका छन्। १७ जनाको मृत्यु, १०९ जना घाइते र ९९० परिवार प्रभावित भएका छन्। सर्पदंशका ५१४ घटनाबाट ३८ जनाको मृत्यु, ४७९ जना घाइते र ५१७ परिवार प्रभावित भएका छन्।
हुरीका ४७७ घटनामा १३ जनाको मृत्यु, ६८ जना घाइते र एक हजार ३५६ परिवार प्रभावित भएका छन्। पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते र ३५१ परिवार प्रभावित भएका छन्।
चट्याङका २२३ घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते र २६२ परिवार प्रभावित भएका छन्। वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते र २८७ परिवार प्रभावित भएका छन्।
बाढीका १६१ घटनामा नौ जनाको मृत्यु, दुई जना बेपत्ता, नौ जना घाइते र ३९६ परिवार प्रभावित भएका छन्। भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते र १३२ परिवार प्रभावित भएका छन्।
लेक लागेका ५५ घटनामा २१ जनाको मृत्यु भएको छ। ३५ जना अझै अस्वस्थ छन्। ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाको ज्यान गएको छ।
वन डढेलोका १९१ घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्। हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्।
