बचत फिर्ताको माग गर्दै बालुवाटार पुगेका लघुवित्त पीडितलाई प्रहरीले रोकेको छ। उनीहरूले कर्जा खारेज र ब्याज मिनाहाको माग राखेका छन्।
माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनकारीहरूको टोलीलाई बालुवाटारको पिपलबोट नजिक सशस्त्र प्रहरीले ब्यारिकेड लगाएर रोकेको हो। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
प्रहरीले रोकेपछि पीडितहरूले सडकमै बसेर नाराबाजी र कोणसभा गरेका छन्। देशका विभिन्न जिल्लाबाट आएका उनीहरूले तत्काल माग सम्बोधनको माग गरेका छन्।
