मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

म्याग्दी पहिरो: घारखोला जलविद्युत् गृह पुरियो, एक बेपत्ता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह पुरिएको छ। आयोजनाका कामदार ५५ वर्षीय दीपक बरुवाल बेपत्ता छन्। घाइते ३१ वर्षीय सुरेन्द्र विकको उपचार भइरहेको छ।
Sanjay Karki
१ मिनेट पढाइ
आकार:
घारखोला जलविद्युत् गृह पहिरो
Share:

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् ।

विद्युत् गृहका कामदार ५५ वर्षीय दीपक बरुवाल बेपत्ता छन् । गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गर्‍यो ।

बेपत्ता बरुवालको खोजीमा प्रहरी, सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी खटिएका छन् । घाइते विकलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बेनी अस्पताल पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

विद्युत् गृहभन्दा माथिल्लो पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको थियो । पहिरोले १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको उपकरणमा क्षति पुर्‍याएको छ ।

क्षतिको पूर्ण विवरण आउन बाँकी छ । पहिरोले आयोजनाको उत्पादन बन्द भएको छ ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार