NM Khabar 12 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न पेट्रोलपम्प, ट्यांकर र ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको कारबाही गर्न निर्देशन दिइएको छ। होटल र रेष्टुरेन्टमा पाम तेलमा हुने रासायनिक मिसावट रोक्न पनि सम्बन्धित निकायलाई आदेश दिइएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
12 August 2026, 4:34 pm १ मिनेट पढाइ
आकार:
कालोबजारी नियन्त्रण
Share:

पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न पेट्रोलपम्प, पेट्रोल ढुवानी गर्ने ट्यांकर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले यो निर्देशन दिएका हुन्।

सिंहदरबारमा आयोजित ‘अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’ कार्यक्रममा सभापति अन्सारीले कालोबजारीमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिए।

उनले पेट्रोलियम पदार्थसम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिए।

समितिमा सरोकारवाला निकायलाई बोलाएर छलफल गरेपछि सुधारका काम भइरहेको उनले बताए।

यस्तै, होटल तथा रेष्टुरेन्टमा पाम तेलमा रासायनिक पदार्थ मिसावट गर्ने प्रवृत्ति देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार