NM Khabar 14 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामाको घोषणा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामाको घोषणा गरेका छन्। बजेटमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। राजीनामा पत्र प्रदेश प्रमुखलाई बुझाइनेछ र अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।
Sanjay Karki
Sanjay Karki
13 August 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
मुख्यमन्त्री कमलबहादुर शाह राजीनामा
Share:

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै शाहले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

शाहले राजीनामा पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाउने जानकारी प्रदेशसभालाई गराएका छन्। बजेटको विषयमा असहमति जनाउँदै नेकपा एमालेले ३१ असारमा मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो।

समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहले समर्थन फिर्ता भएको ३० दिनभित्र राजीनामा दिएका हुन्। अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार