मधेस प्रदेशसभाको सातौँ अधिवेशन आज राति १२ बजे अन्त्य हुने भएको छ। प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले भदौ ५ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।
प्रदेशसभाको सातौँ अधिवेशनमा कुल १७ बैठक बसेका थिए। यस अधिवेशनले प्रदेश सरकारको नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको थियो।
