NM Khabar 22 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकार र दुर्गा प्रसाईंबीच १४ बुँदे सहमति, आन्दोलन अन्त्य

सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानबीच १४ बुँदे सहमति भएको छ। सहमतिसँगै महाअभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका कार्यक्रम अन्त्य भएका छन्। सम्झौतामा सरकारका तर्फबाट सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट विष्णु बोहोरा क्षेत्रीले हस्ताक्षर गरेका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
22 August 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
दुर्गा प्रसाईं सहमति
Share:

सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानबीच १४ बुँदे सहमति भएको छ। सहमतिसँगै महाअभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम अन्त्य भएका छन्।

शनिबार सम्पन्न वार्ताबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महाअभियानबीच यो सहमति भएको हो। सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सहसचिव लीलाधर सुवेदी र प्रसाईं समूहका तर्फबाट विष्णु बोहरा क्षेत्रीले हस्ताक्षर गरेका छन्।

काठमाडौं उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा बसेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपश्चात् उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार