NM Khabar 24 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बागमती सरकारमा सहभागी राप्रपाका तीन मन्त्री सांसद पदबाट बर्खास्त

राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना तीन प्रदेश सांसदलाई पार्टीको निर्देशन र ह्वीप उल्लंघन गरेको भन्दै पदमुक्त गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय अनुशासन समितिको सिफारिसमा सांसदहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङमाथि कारबाही गरेका हुन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
24 August 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
राप्रपा बागमती मन्त्री
Share:

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशन र ह्वीप उल्लंघन गरी बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेश सांसदलाई पदमुक्त गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय अनुशासन समितिको सिफारिसमा प्रदेश सांसदहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेका हुन्।

कारबाहीसम्बन्धी निर्णयको औपचारिक पत्र बागमती प्रदेश सभा सचिवालयमा दर्ता गराइएको छ। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले आठ वटा प्रमाण कागजातसहित पदमुक्त गरिएको पत्र उपसभामुख अप्सरा चापागाईंलाई बुझाएकी छन्।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रको पटक-पटकको निर्देशन, ह्वीप र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अवज्ञा गर्दै प्रदेश सरकारमा सहभागी भएकाले उनीहरूलाई कारबाही गरिएको हो। अध्यक्ष लिङ्देनको हस्ताक्षरसहितको विज्ञप्ति र पत्रमार्फत पदमुक्तको जानकारी गराइएको प्रवक्ता श्रेष्ठले बताए।

यसअघि सोमबार राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पनि दल नेताबाट पदमुक्त गरेको थियो। थापाले पार्टी केन्द्रको नीति र निर्देशनविपरीत नेकपा (एमाले) का सांसद किरण थापामगरलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका थिए।

बागमती प्रदेश सरकार गठन र सत्ता सहकार्यको विषयलाई लिएर राप्रपाभित्र तीव्र आन्तरिक विवाद चुलिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार