NM Khabar 3 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रसुवा बाढी: प्रहरी परिवारलाई १० लाख, ४० करोड उद्धार कोषमा

रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रत्येक प्रहरी कर्मचारीका परिवारलाई १० लाख रुपैयाँ सहयोग गरिने भएको छ। प्रहरी संगठनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।
Sanjay Karki
Sanjay Karki
3 September 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
प्रहरी राहत कोष
Share:

रसुवाको भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाएका प्रत्येक प्रहरी कर्मचारीका परिवारलाई १० लाख रुपैयाँ सहयोग गरिने भएको छ। प्रहरी संगठनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नीति निर्माण समितिको बैठकले यो निर्णय गरेको हो। प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले प्रहरी कर्मचारीबाट संकलित राहत रकमबाट सहयोग गरिने जानकारी दिए।

बैठकले मृतक प्रहरी कर्मचारीले लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय गरेको छ। परिवारका सदस्यलाई सीपमूलक तालिम दिई रोजगारीका लागि पहल गरिनेछ।

मृतक प्रहरीका सन्ततिलाई प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र उच्च शिक्षासम्म शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइनेछ।

बाढी प्रभावित क्षेत्रमा कार्यरत प्रहरीका व्यक्तिगत सामग्री क्षति भएकामा जनही ५० हजार रुपैयाँ राहत दिइनेछ। यसमा टिमुरे, मैलुङ, रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीका प्रहरी पर्नेछन्।

दिवंगत, सम्पर्कविहीन तथा घाइते प्रहरी र परिवारजनलाई सहजीकरण गर्न एक वरिष्ठ प्रहरी अधिकृत सम्पर्क व्यक्ति तोकिनेछन्।

अझै फेला नपरेका प्रहरीको खोजीलाई प्रभावकारी बनाउन परिवारसँग समन्वय गरी विशेषज्ञ टोली परिचालन गरिनेछ। बैठकमा मृतक प्रहरीप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरियो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार