गृह मन्त्रालयले सहसचिव र उपसचिवसहित २३ उच्च पदस्थ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। बिहीबारको निर्णयले ११ प्रमुख जिल्ला अधिकारी (सिडिओ), ६ सहसचिव, ४ सहायक प्रमुख जिल्ला अधिकारी र अध्यागमन अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ।
यो सरुवा तथा पदस्थापनसँगै झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दाेलखा, पर्वत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।
गृह मन्त्रालयमा कार्यरत केही सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
