NM Khabar 7 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

काठमाडौंमा मधेश समुदाय लक्षित नारा लेख्ने एक पक्राउ

काठमाडौंमा सार्वजनिक स्थानमा मधेश समुदायलाई लक्षित गर्दै आपत्तिजनक नारा लेखेको आरोपमा प्रहरीले ३५ वर्षीय विशाल गुरुङलाई पक्राउ गरेको छ। सामाजिक सद्भावमा खलल पुर्‍याउने र द्वन्द्व भड्काउने उद्देश्यले यस्ता अभिव्यक्ति लेखिएको प्रहरीको भनाइ छ।
Kamala Devi
Kamala Devi
6 September 2026, 6:42 pm १ मिनेट पढाइ
आकार:
मधेशविरोधी नारा
Share:

काठमाडौंमा सार्वजनिक स्थानमा मधेश समुदायलाई लक्षित गर्दै आपत्तिजनक नारा लेखेको आरोपमा प्रहरीले ३५ वर्षीय विशाल गुरुङलाई पक्राउ गरेको छ। सामाजिक सद्भावमा खलल पुर्‍याउने र द्वन्द्व भड्काउने उद्देश्यले यस्ता अभिव्यक्ति लेखिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले आइतबार खोटाङको बाक्सिला घर भई हाल काठमाडौं–३१ शङ्खमुल बस्दै आएका गुरुङलाई शङ्खमूलबाट पक्राउ गरेको हो। उनलाई सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा नियन्त्रणमा लिइएको छ।

प्रहरी वृत्त बानेश्वरबाट गुरुङमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी दानबहादुर थापाले जानकारी दिएका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार