भारतको मध्य प्रदेशको सागर जिल्लामा नक्कली मदिरा सेवनबाट कम्तीमा १५ जनाको मृत्यु भएको छ। १०० बढी व्यक्तिहरू अस्पतालमा उपचाररत छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
सरकारी अधिकारीहरूका अनुसार अस्पतालमा उपचार गराइरहेकामध्ये केहीको अवस्था गम्भीर छ। प्रभावितहरू आसपासका विभिन्न गाउँका बासिन्दा हुन्।
बिरामीहरूमा बान्ता, चक्कर आउने र धमिलो देखिने लक्षण देखिएका छन्। मिर्गौलामा असर देखिएपछि मदिरामा मिथाइल अल्कोहलको विषाक्तता भएको आशंका गरिएको छ।
स्थानीय प्रहरीले २० जनाविरुद्ध उजुरी दर्ता गरी १० जनालाई पक्राउ गरेको छ। दोषीमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ।
