मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा, रसुवा बाढीपीडितलाई १ अर्ब निकासा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ७७ करोडभन्दा बढी रकम जम्मा भएको छ। रसुवाका बाढीपीडितका लागि कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिएको छ। एम.भी. दुगड़ ग्रुपले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
प्रधानमन्त्री राहत कोष
Share:
१०७

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको छ। मङ्गलवार बिहान ९ बजेसम्मको तथ्याङ्क नौ वटा वाणिज्य बैङ्कमा मौज्दात छ।

कोषमा जम्मा भएको रकमबाट रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा एक अर्ब रुपैयाँ यसअघि नै निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

एम.भी. दुगड़ ग्रुपले रसुवा बाढीपहिरो प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। यसमा ग्रुपका कर्मचारीहरूको स्वेच्छिक सहयोग पनि समावेश छ।

विज्ञापन

हिमालयन बैङ्क लिमिटेड र लक्ष्मी सनराइज बैङ्क लिमिटेडमा रहेको डलर खातामा दुई करोड ११ लाख आठ हजार ४७१ रुपैयाँ जम्मा भएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार