NM Khabar 8 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिरहामा लागूऔषधसहित दुई युवा पक्राउ, १६ ग्राम ब्राउन सुगर बरामद

सिरहामा लागूऔषध ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई प्रदेश ३–०२–०१३ प ६४१२ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिरहा कल्याणपुरका २४ वर्षीय कमलेश कुमार साफी र ३२ वर्षीय सन्तोष यादव छन्।
Kamala Devi
Kamala Devi
8 September 2026, 7:03 pm १ मिनेट पढाइ
आकार:
सिरहा लागूऔषध बरामद
Share:

सिरहामा लागूऔषध ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार सिरहा २ को छोट्की टोलमा प्रदेश ३–०२–०१३ प ६४१२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूको साथबाट १६ ग्राम १४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ। पक्राउ पर्नेहरूमा सिरहा कल्याणपुर नगरपालिका ७ का २४ वर्षीय कमलेश कुमार साफी र सोही स्थानका ३२ वर्षीय मोटरसाइकल चालक सन्तोष यादव छन्।

जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालले पक्राउ परेका दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासत कक्षमा राखिएको जानकारी दिए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार