रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङभित्र चारवटा शव भेटिएका छन्। बुधबार खोजी तथा उद्धारमा खटिएको टोलीले शव फेला पारेको हो। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले एउटा शव निकालेको छ। बाँकी तीनवटा शव निकाल्ने कार्य भइरहेको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सुरुङभित्र थप मानिस जीवित वा मृत अवस्थामा रहेको हुनसक्ने सम्भावना छ। खोजी कार्य जारी छ।
भोटेकोशीमा आएको बाढीपछि सुरुङभित्र फसेकाहरूको खोजीका लागि सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। टोलीले सुरुङभित्र थुप्रिएको माटो, ढुंगा तथा अवरोध हटाउँदै खोजी गरिरहेको छ।
भेटिएका शवहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
