NM Khabar 17 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

धनुषामा स्रोत नखुलेको १३ लाख नगदसहित भारतीय नागरिक पक्राउ

धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने भारतीय नागरिकको साथबाट कपडाको पेटीभित्र लुकाई राखेको अवस्थामा उक्त रकम बरामद गरिएको थियो। प्रहरीले बरामद रकमको स्रोत र यसको प्रयोगबारे थप अनुसन्धान सुरु गरेको छ।
Kamala Devi
Kamala Devi
17 September 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
धनुषामा भारतीय नागरिक पक्राउ
Share:

धनुषाको धनौजी नाकाबाट स्रोत नखुलेको १३ लाख ६५ हजार नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरी चौकी धनौजीको गस्ती टोलीले भारतबाट गौरदहीतर्फ आउँदै गरेको बीआर ३२बीबी १८९९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उक्त रकम बरामद गरेको हो।

पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्ला, ग्राम खैनाका ३५ वर्षीय राधाकान्त बयाग्रे छन्। प्रहरी सहायक निरीक्षक राजकुमार मिश्रको कमान्डमा खटिएको टोलीले शंकास्पद गतिविधि देखेर मोटरसाइकल रोकेको थियो।

प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बयाग्रेको साथबाट कपडाको पेटीभित्र लुकाई कम्मरमा बाँधेर राखेको अवस्थामा नेपाली नगद बरामद गरिएको हो।

प्रहरीले बरामद रकमको स्रोत, कहाँबाट प्राप्त भयो, कहाँ लैजान लागिएको थियो र यसको अन्य कारोबार वा व्यक्तिसँग सम्बन्ध छ कि छैन भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ। अभियुक्तमाथि वित्तीय कारोबारसम्बन्धी कसुरमा मुलुकी अपराध संहिता, २०७४ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार