बाजुरामा चेतन अयडी हत्या: ६ प्रतिवादीलाई जन्मकैद, १८ जनाले सफाइ पाए
बाजुरा । बाजुराका चेतन अयडीको हत्या प्रकरणमा जिल्ला अदालत बाजुराले ६ जना प्रतिवादीलाई जन्मकैदको सजाय सुनाएको छ। अदालतले १८ जना प्रतिवादीलाई भने सफाइ दिएको छ।
जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले दुई दिनसम्म मुद्दाको सुनुवाइ गरेपछि बिहीबार सो फैसला सुनाएको हो। अदालतले पुर्पक्षका क्रममा थुनामा रहेका सात प्रतिवादीमध्ये धनराज थापा, शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी, रमेश खत्री र एक जनालाई जन्मकैदको फैसला सुनाएको छ।
अन्य १८ जना प्रतिवादीलाई अदालतले मुद्दाको कसुरमा सफाइ दिएको छ।
जिल्ला अदालत बाजुराको यो फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ।
