NM Khabar 22 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

झापामा सवारी दुर्घटना दोब्बर: साउनमा ३९, भदौमा ८८

झापामा सवारी दुर्घटनाको संख्या साउनको तुलनामा भदौमा दोब्बरले बढेको छ। साउनमा ३९ दुर्घटना हुँदा ८८ पुगेको छ, जसमध्ये चालकको लापरबाही मुख्य कारण हो। भदौमा ट्राफिक कारबाहीबाट २३ लाखभन्दा बढी राजस्व संकलन भएको छ।
Kamala Devi
Kamala Devi
22 September 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
झापा सवारी दुर्घटना
Share:

झापामा सवारी दुर्घटना साउनको तुलनामा भदौमा दोब्बरले बढेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार साउनमा ३९ दुर्घटना भएकामा भदौमा ८८ पुगेको हो। दुर्घटनामा साउनमा १२ जनाको मृत्यु भएकामा भदौमा चार जनाले ज्यान गुमाए।

साउनमा ४० जना घाइते भएकामा भदौमा यो सङ्ख्या १३५ पुगेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए। प्रहरी तथ्याङ्कले दुवै महिनामा दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखाएको छ। साउनका ३९ दुर्घटनामध्ये ३० र भदौका ८८ मध्ये ७८ चालकको हेलचेक्र्याइँले भएका थिए।

यात्रुको हेलचेक्र्याइँ, सडकको अवस्था, सवारीसाधन र चौपायाका कारणले पनि दुर्घटनामा वृद्धि भएको पाइएको छ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले भदौमा ९५६ सवारी जाँच गर्दा २,२३२ सवारी कारबाहीमा परे। यसबाट रु २३ लाख सात हजार राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार