मेनू
मुख्य समाचार

बिपी राजमार्ग दुईतर्फी सञ्चालनमा: शुक्रबार रातिको बाढीले १ को मृत्यु, ४ किमी सडक बगाएको थियो

user 29 March 2026, 1:54 am १ मिनेटको पढाइ
Text:
विज्ञापन Sponsor
f X W

बाढीले अस्थायी डाइभर्सन बगाएपछि शुक्रबार साँझदेखि ठप्प रहेको बिपी राजमार्ग आइतबार बिहान ६ बजेबाट पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बाटो खुले पनि मौसमको प्रतिकूलतालाई ध्यानमा राखेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यो सडकखण्ड खुलेसँगै बीच बाटोमा रोकिएका सयौं यात्रु र सवारीसाधनलाई आफ्नो गन्तव्यमा पुग्न सहज भएको छ। तर, बाढीले सडक संरचनामा पुर्‍याएको क्षतिका कारण यात्रा अझै जोखिमपूर्ण हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन भनिएको छ।

शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्मको करिब ४ किलोमिटर डाइभर्सन बगाएको थियो। २०८१ असोजको बाढीले सडक पूर्ण रूपमा क्षति गरेपछि खोलाबाटै बनाइएको १८ किलोमिटर अस्थायी डाइभर्सनमध्ये यो खण्ड बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

रोशी खोलाको बाढीले बगाएर शुक्रबार राति रोशी गाउँपालिका–७ का ४० वर्षीय कुन्साङ तामाङको मृत्यु भएको थियो। उनी सडक निर्माणमा समेत काम गर्ने व्यक्ति हुन् भने सोही रात बाढीमा फसेका अन्य ७ जनालाई सकुशल उद्धार गरिएको थियो।

बाढीले एउटा मोटरसाइकल र इलेक्ट्रिक गाडीसमेत बगाएको छ। शनिबार दिनभरको प्रयास र पटकपटकको वर्षाका बाबजुद आइतबार बिहानबाट मात्रै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिएको प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।

user

सम्वाददाता

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार