प्रादेशिक अस्पताल, जनकपुरधाममा कार्यरत अ.न.मि. सन्ध्या दासका ससुरा शिवशंकर लाल कर्णको २०८३ कार्तिक ८ गते निधन भएपछि अस्पताल विकास समिति कर्मचारी युनियनले गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ। उनको निधनबाट युनियन परिवार मर्माहत भएको जनाइएको छ।
युनियनका अध्यक्ष डा. अनिल कुमार ठाकुरसहित कार्यसमिति सदस्यहरूले एक शोक वक्तव्य जारी गर्दै कर्णको आत्माको चिर शान्ति र वैकुण्ठवासको कामना गरेका छन्। उनीहरूले शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन्।
स्वर्गीय शिवशंकर लाल कर्ण युनियनका शुभचिन्तक र सहयोगीका रूपमा चिनिन्थे। उनको निधनले प्रादेशिक अस्पताल, जनकपुरधामका सम्पूर्ण अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ र एमआईएचएस परिवारलाई दुःखी बनाएको छ।

