NM KHABAR 3 May 2026
NM KHABAR

हामीलाई पछ्याउनुहोस्

पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर ५५ वर्षीया सीता लामिछानेको मृत्यु भएको छ। शुक्रबार साँझ घरभित्र बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल पर्वतमा उपचारका क्रममा शनिबार ज्यान गएको हो।
Sanjay Karki
Sanjay Karki
25 April 2026, 3:31 pm १ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
पर्वतमा चट्याङ
Share:

पर्वतको फलेवास नगरपालिका–५ मा शुक्रबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार लामिछाने घरभित्र बसिरहेको अवस्थामा एक्कासी चट्याङ परेको थियो। चट्याङको कारण उनी गम्भीर घाइते भई बेहोस भएकी थिइन्।

घाइते अवस्थामा तत्काल उपचारका लागि प्रदेश अस्पताल पर्वत लगिएको थियो। उपचारका क्रममा उनको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार