NM KHABAR 30 April 2026
NM KHABAR

हामीलाई पछ्याउनुहोस्

झापामा स्कुल बस दुर्घटना, १३ विद्यार्थी घाइते

झापाको कचनाकवलमा स्कुल बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। मोटरसाइकलमा ठोक्किएर बस पल्टिएको थियो।
Sanjay Karki
Sanjay Karki
30 April 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
स्कुल बस दुर्घटना झापा
Share:

झापाको कचनाकवल गाउँपालिका–३ मा आज बिहान स्कुल बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। कचनाकवल गाउँपालिका–३ मा आज बिहान स्कुल बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्।

विद्यापानी माध्यमिक विद्यालयको ना १ ज ४४८२ नम्बरको बस दुर्घट्ना भएको हो। प्रहरीका अनुसार बस दूर्गमार्गमा गुडिरहेको थियो।

दुर्घटनाको कारण

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काका अनुसार, दूर्गमार्गमा गुडिरहेको बसले विपरीत दिशाबाट आइरहेको प्र १-०१-००१३ प ४३८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलमा ठोक्किएपछि बस अनियन्त्रित भई सडकमै पल्टिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका छन् भने बसमा सवार १८ जना विद्यार्थीमध्ये १३ जना घाइते भएका हुन्।

घाइतेको अवस्था

घाइते विद्यार्थीहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको छ। केही विद्यार्थीको अवस्था सामान्य रहेपनि केहीलाई भने थप उपचारका लागि बाहिर पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार