मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, जिल्ला प्रशासन कार्यालयबाट पनि पठाउन सकिने

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोज शर्माविरुद्ध उजुरी आह्वान गरेको छ। जेठ ४ गतेसम्म संसद् सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन सकिनेछ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
२०५

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोज शर्माको सम्बन्धमा उजुरी आह्वान गरेको छ।

समिति सभापति बोधनारायण श्रेष्ठले शुक्रबार बसेको बैठकले जेठ ४ गतेसम्मको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको जानकारी दिए। प्रस्तावित प्रधानन्यायाधीश शर्माका सम्बन्धमा संसद् सचिवालयमा उपस्थित भएर वा ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी गर्न सकिने व्यवस्था गरिएको छ। सभापति श्रेष्ठका अनुसार, नाम किटान गरेर वा बेनामे दुवै प्रकारका उजुरी पठाउन सकिनेछ।

यसअघि बिहीबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो। संवैधानिक परिषद्को पत्र प्राप्त भएलगत्तै संसदीय सुनुवाइ समितिले शुक्रबार नै बैठक राखेर सुनुवाइ प्रक्रिया अगाडि बढाएको हो।

विज्ञापन

प्राप्त भएका उजुरीहरू जेठ ५ गते बस्ने समिति बैठकमा खोलिने र अध्ययन गरिने सभापति श्रेष्ठले बताए।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार