इरान-इजरायल-अमेरिका द्वन्द्वले विश्वव्यापी पेट्रोलियम आपूर्ति अवरुद्ध हुँदा बंगलादेशको गार्मेन्ट उद्योगको उत्पादन र निर्यात दुवैमा भारी गिरावट आएको छ।
ढाकाका गार्मेन्ट व्यवसायी तारिकुल इस्लामजस्ता धेरैले लगातार घाटा बेहोरेपछि बचत गुमाएका छन्। करिब डेढ वर्षअघि कपडा व्यवसायमा भएको घाटाका कारण ५३ वर्षीय इस्लाम अहिले गुजारा चलाउन राइड-सेयरिङ गर्न बाध्य छन्।
विश्वव्यापी पेट्रोलियम आपूर्ति अवरुद्ध भएपछि बंगलादेशमा इन्धन अभाव चुलिएको छ।
इन्धन अभावका कारण तारिकुलजस्ता व्यक्तिहरूले घण्टौंसम्म पेट्रोल पम्पको लाइनमा बस्नुपरेको छ। चार सन्तानका पिता इस्लामले खाडी द्वन्द्व लामो समयसम्म जारी रहे अवस्था अझ खराब हुने चिन्ता व्यक्त गरेका छन्।
