NM Khabar 12 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

डिडिसीका कर्मचारीलाई सित्तैमा दूध-घिउ सुविधा बन्द गर्न मन्त्रीको निर्देशन

कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीलाई नियमविपरीत दिइँदै आएको सित्तैको दूध र घिउ सुविधा तत्काल रोक्न निर्देशन दिएकी छन्। यसबाट वार्षिक ७८ लाख रुपैयाँ जोगिनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
12 May 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
Share:

कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीलाई नियमविपरीत दिइँदै आएको सित्तैको दूध र घिउ सुविधा तत्काल रोक्न निर्देशन दिएकी छन्। मंगलबार मन्त्रालयमा आयोजित छलफलमा उनले कर्मचारीले दैनिक दूध र मासिक घिउ सित्तैमा पाउने गुनासो आएको बताइन्।

मन्त्री चौधरीको निर्देशन कार्यान्वयनपछि संस्थानको वार्षिक करिब ७८ लाख रुपैयाँ जोगिने उनको सचिवालयले जनाएको छ। ‘संस्थान घाटामा छ। किसानले भुक्तानीलगायत समस्या भोगिरहेका छन्, तर कर्मचारीले वार्षिक लाखौँ रकमको दूध र घिउ सित्तैमा लिने कुरा राम्रो होइन,’ मन्त्री चौधरीले भनिन्।

कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम किसानको बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

Nmkhabar की सरकारी तथा संस्थागत मामिला संवाददाता। मन्त्रिपरिषद्, संसद र सरकारी निकायका आधिकारिक निर्णयको विस्तृत र सटिक रिपोर्टिङ।

सम्बन्धित समाचार