दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमणमा दुई बंगलादेशी नागरिकको ज्यान गएपछि ढाकाले उक्त घटनालाई ‘जघन्य’ भन्दै कडा शब्दमा भर्त्सना गरेको छ।
मन्त्रालयले जारी विज्ञप्तिमा इजरायली सेनाको आक्रमणलाई ‘जघन्य’ भनेको छ। हिजो दक्षिणी लेबनानमा भएको उक्त आक्रमणमा दुई बंगलादेशी नागरिकको मृत्यु भएकोमा बंगलादेशले कडा निन्दा गरेको छ।
इजरायली आक्रमणमा सातखिरा जिल्लाका शफिकुल इस्लाम र नाहिदुल इस्लाम नाहिदले ज्यान गुमाए।
बंगलादेशले लेबनानमा जारी हिंसा र सर्वसाधारणको ज्यान गइरहेको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। ढाकाले इजरायललाई संयमता अपनाउन र अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्न आह्वान गरेको छ।
लेबनानस्थित बंगलादेशी दूतावासले शव स्वदेश फिर्ता ल्याउन स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको छ। मन्त्रालयले आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने जनाएको छ।
