प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि जवाफ दिएका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित चार दलले बैठक बहिष्कार गरे।
बिहीबार राति सभामुख डीपी अर्यालले विपक्षी अवरोधबीच सदन अघि बढाए। विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थिति माग गर्दै नाराबाजी गरे।
अर्थमन्त्रीले जवाफ दिन थालेपछि नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले बैठक बहिष्कार गरे। केही समयपछि नेकपा एमालेका सांसदहरूले पनि सदन छाडे।
नेपाली कांग्रेसका सांसदहरूले भने बैठकमा उभिएर विरोध जनाइरहे। प्रधानमन्त्रीको उपस्थितिको मागले अवरोध भएपछि १५ मिनेट बैठक स्थगन भयो।
मन्त्री वाग्लेले विगतको अर्थतन्त्रको आधार र समावेशी विकासमा सरकार प्रतिबद्ध रहेको बताए। उनले सय बुँदे शासकीय सुधार र सदनका सुझाव समेटी आगामी बजेट प्रस्तुत गर्ने जानकारी दिए।
