नवलपरासीको कावासोतीस्थित मकैबारीमा आज बिहान वयस्क भाले गैँडा मृत फेला परेको छ।
कावासोती नगरपालिका–१ लोकहा स्याउलीस्थित भीमबहादुर दर्जीको मकैबारीमा गैँडा मृत भेटिएको हो।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले गैँडा वयस्क रहेको, खाग र खुर सुरक्षित रहेको पुष्टि गरे।
शरीरमा चोटपटक नदेखिएकाले मृत्युको कारण खुल्न सकेको छैन।
अधिकारीका अनुसार, डिभिजन वन कार्यालयले घटनाबारे अनुसन्धान गरिरहेको छ।
