NM Khabar 17 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय समितिमा ७ उजुरी

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ उजुरी परेका छन्। समितिले वैशाख २६ गते स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी आह्वान गरेको थियो। उजुरी दिने म्याद सोमबार कार्यालय समयसम्म रहेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
17 May 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
Share:

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेका छन्।

समितिले वैशाख २६ गते डा. शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न अनुपयुक्त ठान्ने जोकोहीलाई आह्वान गरेको थियो। स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन भनिएको थियो। त्यसका लागि १० दिनको समय तोकिएको थियो।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शनिबार साँझसम्म ७ उजुरी परेको जानकारी दिएका छन्। उजुरी दिने म्याद सोमबार कार्यालय समयसम्म रहेको छ।

उजुरी दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट खुलाउनुपर्ने प्रावधान राखिएको थियो।

समितिले प्राप्त उजुरीमाथि छलफल र छानबिन गरेपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गर्नेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार