ललितपुर प्रहरी हिरासतमा सम्पत्ति शुद्धीकरण कसुरका व्यवसायी सुलभ अग्रवालसँग आइप्याड फेला पर्यो। यसपछि प्रहरीमाथि उच्चस्तरीय छानबिन सुरु भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समिति गठन गरेको छ। ललितपुर प्रहरी परिसरको हिरासतमा अग्रवाललाई नियमविपरीत सुविधा दिएको उजुरी आएपछि यो समिति बनेको हो।
कार्यालयका डीआईजी ओम अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। व्यवसायी अग्रवालसँगै अर्का व्यवसायी दीपक भट्टलाई पनि हिरासतमा नियमविपरीत सुविधा दिइएको उजुरीमा उल्लेख छ।
प्रहरी हिरासतमा रहेका व्यक्तिलाई बाह्य सुविधा वा डिजिटल उपकरण प्रयोग गर्न दिनु कानुनविपरीत मानिन्छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलाई पनि यसै प्रकरणमा अनुसन्धान गरिरहेको छ।
