प्रधानमन्त्री बालेन शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ नदिएपछि श्रम संस्कृति पार्टीले आज पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ।
बुधवारको बैठकमा पनि श्रम संस्कृति पार्टीका सांसदहरूले सुरुमै उठेर अवरोध गरेका थिए।
संसदीय दलका नेता हर्क साम्पाङसहितका सांसदहरूले प्लेकार्ड प्रदर्शन गरे। उनीहरूले ‘संसदीय सर्वोच्चता कायम गर’, ‘विधिको शासन लागु गर’, ‘प्रतिपक्षको आवाज दबाउन पाइँदैन’, ‘बोल्ने समय वृद्धि गर’ लगायतका नारा पढेर सुनाए।
सांसदहरूले ‘सुकुमवासीलाई बाँच्न दे’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘विदेशी ऋण बन्द गर’, ‘स्वदेशी अर्थतन्त्रको विकास गर’ जस्ता नारा पनि लगाए।
लगातार प्लेकार्ड प्रदर्शन गरेपछि सभामुख डीपी अर्यालले सांसदहरूलाई त्यसो नगर्न चेतावनी दिएका छन्।
