NM Khabar 20 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चिनीको मूल्य ७ रुपैयाँ बढ्यो, बजारमा कृत्रिम अभाव

भारतले चिनी निर्यातमा रोक लगाएको साता नबित्दै नेपालमा चिनीको मूल्य किलोमा ७ रुपैयाँसम्म बढेको छ। बजारमा कृत्रिम अभाव सिर्जना हुँदा उपभोक्ता र उद्योग प्रभावित भएका छन्।
Sunita Rai
Sunita Rai
20 May 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
Share:

भारतले चिनी निर्यातमा रोक लगाएको साता नबित्दै नेपालमा चिनीको मूल्य किलोमा ७ रुपैयाँसम्म बढेको छ। बजारमा कृत्रिम अभाव सिर्जना हुँदा उपभोक्ता र उद्योग प्रभावित भएका छन्।

विराटनगर लगायतका बजारमा चिनीको उपलब्धता न्यून छ। भारतले निर्यात रोकेको दिनसम्म स्वदेशी चिनीको फ्याक्ट्री मूल्य भ्याटसहित ८८ रुपैयाँ ५० पैसा थियो। त्यसै दिन उद्योगीले किलोमा २ रुपैयाँ मूल्य बढाए। त्यसयता मूल्य थप वृद्धि भई कुल ७ रुपैयाँ पुगेको छ।

यसको प्रत्यक्ष असर सर्वसाधारणका साथै जुस, बिस्कुट र कन्फेक्सनरी उद्योगहरूमा परेको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार