NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

धरानमा ४४० किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा, चालकको खोजी

धरानमा ४४० किलोग्राम गाँजासहित बुढासुब्बा डाईग्नोष्टिक सेन्टरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लियो। गाँजा बरामद भएपछि चालक तथा संलग्न व्यक्तिहरूको खोजी जारी छ।
Sanjay Karki
Sanjay Karki
12 May 2026, 2:02 pm १ मिनेट पढाइ
आकार:
Share:

धरानमा ४४० किलोग्राम गाँजासहित बुढासुब्बा डाईग्नोष्टिक सेन्टरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लियो।

वैशाख २९ गते राति इलाका प्रहरी कार्यालय धरानको चेकिङ टोलीले को. १ च ७३५९ नम्बरको एम्बुलेन्सबाट प्लास्टिकका बोरामा प्याक गरिएको ४४० किलोग्राम गाँजा बरामद गर्‍यो।

नियन्त्रणमा लिइएको एम्बुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा.लि. धरानद्वारा सञ्चालित रहेको खुलेको छ।

गाँजा बरामद भएपछि चालक तथा अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार