NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ई-जीपी प्रणालीमा साइबर आक्रमण: ३ दिनदेखि सरकारी ठेक्का सेवा ठप्प

सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमा साइबर आक्रमण भएको छ। यसका कारण आइतबारदेखि नै प्रणाली सञ्चालनमा समस्या आएको छ। सरकारी ठेक्का सम्बन्धी सेवा विगत तीन दिनदेखि ठप्प छ।
Rohan Tamang
Rohan Tamang
2 June 2026, 1:47 pm १ मिनेट पढाइ
आकार:
ई-जीपी प्रणाली साइबर आक्रमण
Share:

सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ई-जीपी सिस्टम) मा साइबर आक्रमण भएको छ। यसका कारण आइतबारदेखि नै प्रणाली सञ्चालनमा समस्या आएको छ।

कार्यालयका प्रवक्ता रामप्रसाद आचार्यले साइबर आक्रमणका कारण प्रणालीमा समस्या आएको पुष्टि गरे। उनले सुरक्षाका लागि सरकारी आईटी र साइबर सुरक्षा टोलीले प्रणाली नियन्त्रणमा लिएको बताए।

प्रवक्ता आचार्यका अनुसार, आइतबारदेखि ई-जीपी प्रणाली सञ्चालनमा आएको समस्याले सरकारी खरिद प्रक्रिया प्रभावित भएको छ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार