मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ मा बासुदेव खोलाले ४ विद्यार्थीलाई बगाएको छ। निर्मल माध्यमिक विद्यालय हेटौँडा–१९ मा अध्ययनरत ती विद्यार्थीहरू विद्यालयबाट घर फर्किँदै थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक माधव काफ्लेले ४ जना विद्यार्थीलाई खोलाले बगाएको पुष्टि गरे। उनीहरू सबै कक्षा ५ भन्दा कम तहमा अध्ययनरत थिए।
घटनापछि हराएका विद्यार्थीहरूको खोजी कार्य जारी छ। प्रहरी नायव उपरिक्षक काफ्लेले एक जना विद्यार्थीको उद्धार गरी उपचारका लागि पठाइएको जानकारी दिए। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
