मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

राष्ट्र बैंकको अनुमतिबिना दुई बैंक सञ्चालन, पूर्वगभर्नर र सञ्चालक सल्लाहकार

राष्ट्र बैंकको स्वीकृतिबिना नेपाल किसान बैंक र राष्ट्रिय खाद्य बैंक गैरकानुनी रूपमा सञ्चालनमा आएका छन्। दुवै बैंकले 'बैंक' नाम प्रयोग गर्न स्वीकृति नलिई कारोबार गरिरहेको पाइएको छ। राष्ट्रिय खाद्य बैंकमा पूर्वगभर्नर र राष्ट्र बैंक सञ्चालक सदस्य सल्लाहकार रहेकोले राष्ट्र बैंक मौन बसेको आशंका छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१८९

राष्ट्र बैंकको अनुमतिबिना नेपाल किसान बैंक लिमिटेड र राष्ट्रिय खाद्य बैंक लिमिटेड गैरकानुनी रूपमा सञ्चालनमा आएका छन्। यी दुवै संस्थाले ‘बैंक’ नाम प्रयोग गर्न राष्ट्र बैंकको स्वीकृति लिएका छैनन्।

स्रोतका अनुसार, दुवै बैंकले राष्ट्र बैंकको स्वीकृति नलिई ‘साइनबोर्ड’ राखेर कारोबार सञ्चालन गरिरहेको पाइएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ३२ ले ‘बैंक’ वा ‘वित्तीय संस्था’ नाम प्रयोग गर्न राष्ट्र बैंकको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। यी दुवै कम्पनीले उक्त प्रक्रिया पूरा गरेका छैनन्।

राष्ट्र बैंकको स्वीकृतिबिना सञ्चालनमा रहेका यी बैंकहरूमाथि कारबाही हुनुपर्नेमा राष्ट्र बैंकले कुनै ‘एक्सन’ लिएको छैन। राष्ट्र बैंक यस विषयमा मौन छ।

अझ रहस्यमय पक्ष के छ भने, गैरकानूनी रूपमा सञ्चालित राष्ट्रिय खाद्य बैंकमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री सल्लाहकार तथा आर्थिक संयोजक छन्। राष्ट्र बैंककै सञ्चालक समिति सदस्य डा. शंकरप्रसाद आचार्य पनि यस बैंकको सल्लाहकार रहेका छन्। उनीहरूको संलग्नताका कारणले नै राष्ट्र बैंकले कारबाही गर्न नसकेको वा नचाहेको आशंका गरिएको छ।

राष्ट्रिय खाद्य बैंकले आफ्नो आधिकारिक वेबसाइट समेत सञ्चालनमा ल्याएको छ। नेपाल किसान बैंकको भने हालसम्म कुनै आधिकारिक वेबसाइट नभएको बताइएको छ।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार