NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

६ सहकारीलाई १५ दिनभित्र कार्यालय खाली गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले बहालमा लिएका घर, कोठा र फ्ल्याट १५ दिनभित्र खाली गर्न ६ वटा सहकारी संस्थालाई निर्देशन दिएको छ। महानगरको कानुन तथा मानव अधिकार विभागले सूचना जारी गरी सम्पर्कमा आउन आग्रह गरेको हो। न्यायिक समितिको निर्णय कार्यान्वयन गर्न यो कदम चालिएको हो।
Laxmi Bhattarai
Laxmi Bhattarai
4 June 2026, 11:47 am १ मिनेट पढाइ
आकार:
सहकारी खाली गर्ने निर्देशन
Share:

काठमाडौं महानगरपालिकाले बहालमा लिएका घर, कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न ६ वटा सहकारी संस्थालाई निर्देशन दिएको छ। महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले बुधबार सूचना जारी गर्दै सहकारीका पदाधिकारी, कर्मचारी र सदस्यहरूलाई १५ दिनभित्र महानगरको सम्पर्कमा आउन आग्रह गरेको हो।

न्यायिक समितिले यसअघि सहकारी संस्थाले भाडामा लिएका कार्यालय खाली गराउनुपर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्न गत जेठ १३ गतेको निर्णय कार्यान्वयन समितिको बैठकले १५ दिने म्यादसहित सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको थियो।

कारबाही सूचीमा वडा नम्बर ३ को सत्कार सहकारी संस्था लिमिटेड, वडा नम्बर १५ को अमृताम्भ बचत तथा ऋण सहकारी संस्था, वडा नम्बर २२ को हिराखुसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, वडा नम्बर ३२ को मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नवल सवल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार