NM Khabar 16 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

खाँदबारी कारागार हत्या प्रकरण: ७ प्रहरीसहित १५ लाई जन्मकैद

सङ्खुवासभाको खाँदबारी कारागारमा दुई कैदीको हत्या प्रकरणमा ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। २०८० साउन २४ गते भाग्न खोजेको आरोपमा नियन्त्रणमा लिइएका कैदीको प्रहरी र अन्य कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो। अदालतले प्रतिवादीबाट जनही ५० हजार मृतकका हकदारलाई क्षतिपूर्ति भराउने आदेश दिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
16 June 2026, 11:48 am १ मिनेट पढाइ
आकार:
खाँदबारी कारागार हत्या
Share:

सङ्खुवासभाको खाँदबारी कारागारमा दुई कैदीको हत्या प्रकरणमा ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्ला अदालत सङ्खुवासभाका न्यायाधीश राजकुमार कोइरालाको इजलासले सोमबार उक्त फैसला गरेको हो।

उनीहरूलाई मलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिम जन्मकैद सजाय सुनाइएको छ। संहिताको १८६ बमोजिम प्रतिवादीबाट जनही ५० हजार मृतकका हकदारलाई क्षतिपूर्ति भराउने अदालतले ठहर गरेको छ।

२०८० साउन २४ गते कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा नियन्त्रणमा लिइएका विनोद तोलाङ्गी र आकाश बलामीको प्रहरी र अन्य कैदीबन्दीको सामूहिक कुटपिटबाट मृत्यु भएको थियो।

जन्मकैद पाउनेमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईसहित सात प्रहरी कर्मचारी छन्।

त्यस्तै, चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई समेत जन्मकैद सजायको फैसला भएको छ।

यसअघि, तत्कालीन जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम कारागार चलान गर्न आदेश दिएको थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार