NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

खुर्सानीको धुलो छ्यापेर लुटपाट गर्नेलाई प्रहरीले गोली हानी पक्राउ

खुर्सानीको धुलो छ्यापेर लुटपाट गरी भाग्न खोज्ने गणेश कार्कीलाई प्रहरीले मनोहरा करिडोरमा गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। कार्कीमाथि सुकेधारामा एक व्यक्तिको आँखामा खुर्सानीको धुलो छ्यापेर सुनको सिक्री र मोबाइल लुटेको आरोप छ।
Sanjay Karki
Sanjay Karki
31 May 2026, 10:02 am १ मिनेट पढाइ
आकार:
Share:

खुर्सानीको धुलो छ्यापेर लुटपाट गरी भाग्न खोज्ने गणेश कार्कीलाई प्रहरीले मनोहरा करिडोरमा गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। कार्कीको खुट्टामा गोली लागेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कार्कीमाथि सुकेधारामा एक व्यक्तिको आँखामा खुर्सानीको धुलो छ्यापेर सुनको सिक्री र मोबाइल लुटेको आरोप छ। लुटपाटपछि फरार रहेका उनलाई प्रहरीले जडीबुटीस्थित मनोहरा खोला करिडोरमा फेला पारेको थियो।

प्रहरीले नियन्त्रणमा लिने क्रममा कार्कीले भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो। थप अनुसन्धान भइरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार