मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ ठेक्काको अनियमिततामा अख्तियारको छापा

रुपन्देहीको कोटहीमाई गाउँपालिका कार्यालयमा अख्तियारको छापा। नदीजन्य पदार्थको ठेक्कामा अनियमितताको उजुरीमाथि छानबिन। ठेक्कासँग सम्बन्धित कागजपत्र नियन्त्रणमा लिई अनुसन्धान सुरु।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
Share:
१८२

रुपन्देहीको कोटहीमाई गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ। नदीजन्य पदार्थको ठेक्कामा अनियमितता भएको उजुरीका आधारमा आयोगले छापा मारेको हो।

प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले अख्तियारले ठेक्कासम्बन्धी कागजपत्रको प्रतिलिपी लिएर गएको पुष्टि गरे।

वडा नम्बर–५ को बेनीघाटमा नमुना कन्सट्रक्सनले १६ लाख रुपैयाँमा १ लाख ७७ हजार ७ सय ७२ घनफिट उत्खनन्को ठेक्का पाएको थियो।

अख्तियारले अनुमति पाएको स्थानभन्दा फरक ठाउँमा उत्खनन् र घाटगद्दी भएको पाइएपछि थप छानबिनका लागि कागजपत्र नियन्त्रणमा लिएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार