NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

स्मार्ट टेलिकम प्रकरण: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका पूर्व सीईओ पाण्डे पक्राउ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार बिहान उनको घरबाटै नियन्त्रणमा लिएको हो। सरकारी स्वामित्वको स्मार्ट सेलको सम्पत्ति लिलाम प्रकरणमा उनीमाथि अनुसन्धान भइरहेको छ।
Arjun Basnet
Arjun Basnet
13 May 2026, 10:32 am १ मिनेट पढाइ
आकार:
Share:

सरकारी स्वामित्वको स्मार्ट सेलको सम्पत्ति लिलाम प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।

सीआईबीले पाण्डेलाई बुधबार बिहान उनको घरबाटै नियन्त्रणमा लिएको हो। उनीमाथि स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान भइरहेको छ।

यस प्रकरणमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पनि पक्राउ परिसकेका छन्। जोशीमाथि ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार