NM Khabar 14 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सप्तकोसीमा बहाव बढ्यो, २० ढोका खोलिए

पूर्वी पहाड र तराईमा भएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेको छ। कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड पुगेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका २० ढोका खोलिएका छन्।
Kamala Devi
Kamala Devi
14 July 2026, 5:02 am १ मिनेट पढाइ
आकार:
कोसी ब्यारेज
Share:

पूर्वी पहाड र तराईका विभिन्न जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेको छ। कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड पुगेको छ।

सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले दिएको जानकारी अनुसार, पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ५६ ढोकामध्ये २० वटा खोलिएको छ। यसमा ५२ वटा मूल र २ वटा नहरका ढोका रहेका छन्।

पानीको बहाव बढ्दो क्रममा रहेकाले खतराको सङ्केतस्वरुप कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ। कन्ट्रोल रुमले खतराको सङ्केत जनाउँदै रातो झण्डा फहराएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार