NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ताप्लेजुङ विद्यालयमा अनौठो समस्या: रुख काटेपछि विद्यार्थी बर्बराउने, लड्ने

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित बालकल्याण माविमा रुख कटानपछि विद्यार्थीहरूमा एक्कासि बर्बराउने, काम्ने र लड्ने जस्ता अनौठो समस्या देखिएको छ। यो समस्या फैलिँदै गएपछि पालिकाको शिक्षा शाखासँग समन्वय गरी तीन दिनका लागि विद्यालय बन्द गरिएको छ।
Rohan Tamang
Rohan Tamang
3 June 2026, 1:17 pm १ मिनेट पढाइ
आकार:
विद्यार्थीमा अनौठो समस्या
Share:

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित बालकल्याण माध्यमिक विद्यालयमा रुख कटानपछि विद्यार्थीहरूमा एक्कासि बर्बराउने, काम्ने र लड्ने जस्ता अनौठो समस्या देखिएको छ। यसले विद्यालय तीन दिन बन्द भएको छ।

प्रधानाध्यापक यज्ञ पौडेलका अनुसार यो समस्या एकपछि अर्को विद्यार्थीमा फैलिन थालेपछि पालिकाको शिक्षा शाखासँग समन्वय गरी बुधबार, बिहीबार र शुक्रबार विद्यालय बिदा दिइएको हो। स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्दा पनि समस्याको कारण पत्ता लाग्न सकेको छैन।

“जो विद्यार्थी बर्बराउन थाल्छ, उसले नजिकैको अर्को विद्यार्थीलाई हेरेर पनि त्यस्तै समस्या निम्त्याउँछ,” पौडेलले भने। यो देखेर पालिकाको शिक्षा शाखालाई खबर गरिएको थियो। उनीहरूको सल्लाहअनुसार समस्या समाधानका लागि विद्यालय बन्द गरिएको छ।

विद्यालयमा क्यान्टिन निर्माणका लागि रुख कटान गरिएको थियो। त्यस क्षेत्र नजिकैका एक विद्यार्थीले ‘मन्दिरको थान किन बिगारिस्, दुध आउने रुख किन काटिस्’ जस्ता वाक्य बोल्दै बर्बराउन र लड्न थालेपछि घटना सुरु भएको थियो। यो समस्या अरू विद्यार्थीमा पनि देखिन थालेपछि व्यवस्थापन थप चिन्तित बनेको छ।

धार्मिक विश्वासका आधारमा रुख कटान गरिएको स्थानमा पाठपूजा र धूपबत्ती बाल्ने जस्ता कार्य गरे पनि समस्या समाधान नभएको पौडेलले बताए। यस अनौठो समस्याको कारण पत्ता लगाउन र समाधानका लागि पहल गरिनेछ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार