त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ५५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित एक कर्मचारीलाई पक्राउ गरेको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
पक्राउ पर्नेमा नेपाल एयरलाइन्समा कार्यरत ग्राउन्ड इक्युपमेन्ट अप्रेटर कमल नारायण विश्वास छन्। उनी सुनसरीका हुन्।
मंगलबार भिजिट भिसामा मलेसिया जान लागेका विश्वासको ब्याग जाँच गर्दा आठ देशका मुद्रा फेला परेको थियो।
बरामद मुद्राको बजार मूल्य ५४ लाख ७१ हजार रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ।
