यती एअरलाइन्सले बडादसैँ २०८३ लाई मध्यनजर गर्दै जाने उडानको अपर क्लास भाडा बन्द गरेको छ।
कम्पनीका अनुसार, चाडपर्वमा यात्रुको चापलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो। फर्कने उडान (Return Leg) खाली हुने र इन्धन खर्च अत्यधिक हुने भए पनि यात्रुलाई सुविधा दिन यस्तो व्यवस्था गरिएको यती एअरलाइन्सले जनाएको छ।
फर्कने उडानमा भने न्यून मूल्यमै भाडा उपलब्ध गराइरहेको कम्पनीले जानकारी दिएको छ। यस वर्ष हवाई इन्धनको मूल्य प्रतिलिटर रु. १२७ बाट बढेर रु. २४९ पुगेको छ, जुन हालसम्मकै महँगो हो।
संसारका विभिन्न भागमा भएको युद्धका कारण हवाई इन्धनको मूल्य वृद्धि भएको यती एअरलाइन्सले उल्लेख गरेको छ। यही कारण गत वर्षझैँ सुलभ दरमा भाडा उपलब्ध गराउन नसकिएकोमा कम्पनीले दुःख व्यक्त गरेको छ। हवाई इन्धनको मूल्य वृद्धिले वायुसेवा कम्पनीहरूको सञ्चालन खर्चमा करिब ४० प्रतिशतसम्म हिस्सा ओगट्ने गर्दछ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा पटकपटक वृद्धि गर्दै आएको छ। पछिल्लो पटक २०८३ साउन १९ मा आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएर २५० रुपैयाँ पुर्याएको थियो।
२०८३ सालको विजयादशमीको टीकाको शुभ साइत कार्तिक ४ गते, बुधबार, बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। दसैँ बिदा २०८३ कार्तिक २ गतेदेखि सुरु हुनेछ।
यसअघि: वायुसेवा कम्पनीद्वारा हवाई भाडादरबारे भ्रामक सूचनाको खण्डन
