NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पश्चिम तराईमा ४० डिग्री सेल्सियसको गर्मी: प्राधिकरणद्वारा सतर्कता

पश्चिम तराईका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लामा शनिबारदेखि सोमबारसम्म अत्यधिक गर्मी र तातो हावाको लहर चल्ने सम्भावना छ। तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने अनुमान छ। प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ।
Sanjay Karki
Sanjay Karki
23 May 2026, 11:32 am १ मिनेट पढाइ
आकार:
गर्मीको लहर पश्चिम तराई
Share:

पश्चिम तराईका ६ जिल्लामा शनिबारदेखि सोमबारसम्म अत्यधिक गर्मी र तातो हावाको लहर चल्नेछ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने जनाएको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तै कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अद्यावधिक रहनुपर्ने जिल्लामा सूचीकृत गरिएको छ। अत्यधिक गर्मीले मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीर असर पार्न सक्ने भन्दै प्राधिकरणले विपद् सम्बद्ध निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभागले जेठ ६ गतेदेखि तराईका भू–भागमा तापक्रम बढेको जनाएको थियो।

गर्मीले थकाइ, कमजोरी, तिर्खा, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांशपेसी दुख्ने र बान्ता हुनेजस्ता स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरूले बताएका छन्। चर्को घाममा घरबाहिर ननिस्कन, निस्कनै परे छाता ओढ्न वा टाउको छोप्न प्राधिकरणले सुझाव दिएको छ।

खुकुलो, हल्का रङको कपडा लगाउन, प्रशस्त पानी पिउन, चिसो पानीले नुहाउन, सर्वत, कागती पानी र फलफूल खान तथा जीवनजल पिउन अनुरोध गरिएको छ। घरमै बनेको ताजा खानेकुरा खान र जङ्क फुड त्याग्न पनि आग्रह छ। खेतबारीमा काम बिहान वा साँझ मात्र गर्न र बालबालिकालाई चर्को घाममा खेल्न नदिन सूचनामा भनिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार