NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

इथानोल उत्पादनमा जोड दिन उद्योगमन्त्रीको निजी क्षेत्रलाई निर्देशन

बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेस प्रदेश प्रादेशिक कार्यालयको निरीक्षण गर्दै उद्योगमन्त्री गौरीकुमारी यादवले इथानोल उत्पादनमा जोड दिन निजी क्षेत्रलाई निर्देशन दिएकी छन्।
Sunita Rai
Sunita Rai
23 May 2026, 4:33 pm १ मिनेट पढाइ
आकार:
Share:

बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेस प्रदेश प्रादेशिक कार्यालयको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले विशेष निरीक्षण गरिन्। शनिबारको निरीक्षणमा निगमका निमित्त निर्देशक नागेन्द्र शाहसहितको टोलीले मन्त्री यादवलाई निगमको वर्तमान अवस्था, भण्डारण क्षमता र आपूर्ति व्यवस्थापनबारे जानकारी गराएको थियो।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर कम गर्न इथानोल उत्पादनमा जोड दिनुपर्ने मन्त्री यादवले बताइन्। उनले यसका लागि अन्य वैकल्पिक उपायहरू पनि खोज्नुपर्नेमा जोड दिइन्।

यसअघि मन्त्री यादवले हेटौँडास्थित कपडा उद्योगको पनि अनुगमन गरेकी थिइन्। उक्त क्रममा उनले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनः सञ्चालनका सम्भावनाबारे जानकारी लिएकी थिइन्।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार