NM Khabar 24 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु, केन्द्रीय सदस्य अनुपस्थित

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा सुरु भएको छ। भेलामा देउवा समूहका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता छ, तर पार्टीका केन्द्रीय सदस्यहरू अनुपस्थित छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
24 May 2026, 1:03 pm १ मिनेट पढाइ
आकार:
Share:

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा सुरु गरेको छ। ‘नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जागरणको लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ नारासहित धनगढीको सौराई स्क्वायरमा भेला आयोजना गरिएको हो।

भेलामा देउवा समूहका नेता रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर, मोहन बस्नेत, केदार कार्की लगायत सहभागी छन्। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयोजित भेलामा ९ वटै जिल्लाका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता छ।

कांग्रेस प्रदेश समितिले आयोजना गरेको भनिए पनि भेलामा देउवा पक्षीय नेता कार्यकर्ता मात्र सहभागी छन्। पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित यस प्रदेशका केन्द्रीय सदस्यहरू भने भेलामा अनुपस्थित छन्।

भेलाको उद्घाटन प्रमुख अतिथि देउवा पक्षीय नेता एनपी साउद र प्रदेश सभापति वीरबहादुर बलायरले संयुक्त रूपमा बिरुवामा पानी हालेर गरे। प्रदेश सभापति बलायरको अध्यक्षतामा भएको भेलामा पूर्वमन्त्री रमेश लेखक, मोहनबहादुर बस्नेत, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की, कुन्दन काफ्ले, ईश्वरी न्यौपाने, रामजनम चौधरी, अर्जुन जंगबहादुर सिंह, गोविन्दबहादुर शाह, रणबहादुर रावल, नैनसिंह महर, निर्प ओड र विद्या तिमिल्सिना लगायत अतिथि थिए।

भेलामा जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सांसद, नगर प्रमुख, उपप्रमुख लगायतका स्थानीय तहका जनप्रतिनिधिको पनि उपस्थिति छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार